Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
गठबन्धनमा सिट बाँटफाँटका लागि तीन आधार तय « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

गठबन्धनमा सिट बाँटफाँटका लागि तीन आधार तय

चिन्तन खबर

काठमाडौं । पाँच दलीय गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँट तीन आधारमा गर्ने भएको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको कार्यदलको बैठकमा तीन आधार बनाई सिट भागबण्डा गर्ने समझदारी बनेको हो।
उक्त सहमतिअनुसारका तीन आधार,
पहिलो – प्रत्यक्षमा पाएको मत र जितेको सिट
दोस्रो – समानुपातिकमा पाएको मत
तेस्रो – शीर्ष सहितका प्रभावशाली नेताहरुलाई संसदमा ल्याउने,

कार्यदलका एक सदस्यले दिएको जानकारीअनुसार बिहीबारको बैठकमा प्रत्यक्षमा चुनाव जित्ने दल र उसले पाएको मतलाई विश्लेषण गरेर उक्त क्षेत्र त्यही दललाई दिने कुरा भएको छ। यस्तै, पाँच दलले समानुपातिक प्रणालीमा पाएको मतलाई पनि आधार मानेर भागबण्डा प्रस्ताव पेश भएको छ।

“कतिपय क्षेत्रमा व्यक्तिलाई मत नआउने तर, पार्टीलाई मत खसेको हुनसक्छ, त्यो पनि हेरेर सिट बाँडफाँट गर्नुपर्ने प्रस्ताव छ”, ती नेताले भने। पाँचवटै पार्टीमा रहेका शीर्ष नेतालाई जसरी पनि संसदमा ल्याउनुपर्ने रणनीतिसहित गठबन्धनमा सहमति कायम गर्ने समझदारी बनेको छ।

“हाइ प्रोफाइल लिडरहरूलाई संसदमा ल्याउनुपर्छ, त्यसका लागि गठबन्धनमा साझा सहमति खोज्ने भन्ने भएको छ”, अर्का नेताले भने, “शीर्ष नेताहरुले पाएको मतको पनि विश्लेषण गर्ने भन्ने छ।”

यी तीन आधारमा बाँडफाँटको कुरा भए पनि सबै पार्टीहरूमा फेरि छलफल गरेर बैठक ३० गते बस्ने निर्णय भएको कार्यदलका सदस्य तथा माओवादी केन्द्रका स्थायी समिति सदस्य देव गुरुङले जानकारी दिए। बैठकमा कुनै पनि दलले सिटको दाबी गरिसकेका छैनन्।

कांग्रेसका कार्यदल सदस्यहरुले सभापति शेरबहादुर देउवासँग थप छलफल गर्ने बताएका छन्। “गठबन्धन एक भएर चुनावमा जाने कुरामा सबैमा सहमति छ, अब बस्दा सिटबारे दाबी पनि पनि प्रस्तुत हुन्छन्” गुरुङले भने।