Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
हिलिहाङमा एमालेको ६३ सदस्यीय गाउँपालिका कमिटी गठन « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

हिलिहाङमा एमालेको ६३ सदस्यीय गाउँपालिका कमिटी गठन

चिन्तन खबर

फिदिम । नेकपा (एमाले)ले पाँचथरको हिलिहाङ गाउँपालिकामा ६३ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ ।

शनिवार हिलिहाङ–३ गोपेटारमा आयोजित भेलाले दीपक सुहाङको संयोजकत्वमा गाउँपालिका कमिटी निर्वाचित गरेको हो । उक्त कमिटीको सहसंयोजकमा शान्तप्रसाद लिङदेन, सचिवमा भीमप्रसाद हेम्ब्या र उपसचिवद्वयमा शीव दङ्गाल र वीरेन्द्र मङ्ग्राती रहनुभएको छ ।

वैशाक ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हिलिहाङमा एमालेका अध्यक्षका उम्मेदवार पराजित भएपछि जिल्ला कमिटीले गाउँपालिका कमिटी विगठन गरेको थियो । जिल्ला सचिवालय सदस्य गोपीकृष्ण भण्डारीको अध्यक्षता तथा जिल्ला कमिटीका अध्यक्ष राजकुमार भण्डारीको प्रमुख आतिथ्यतामा आयोजित भेलाले विगठित कमिटीका उपाध्यक्ष सुहाङको संयोजकत्वमा नयाँ कमिटी गठन गरेको हो ।

भेलामा एमाले प्रदेश कमिटी सदस्य एवं प्रदेशसभा सदस्य आशारत्न जबेगू, जिल्ला कमिटी सचिव विष्णुप्रसाद सापकोटा, जिल्ला सल्लाहकार परिषदका अध्यक्ष भुवानीप्रसाद लिङदेन, जिल्ला सचिवालय सदस्य एवं कार्यालय सचिव तुलसी थापा सहित जिल्ला सचिवालयका सदस्यहरु, जिल्ला कमिटीका सदस्य लगायत नेताहरु समेतको उपस्थिति थियो ।