Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
विभिन्न स्थानमा ७ जना मृत फेला « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

विभिन्न स्थानमा ७ जना मृत फेला

चिन्तन खबर

काठमाडौं । देशका विभिन्न जिल्लामा ७ जना मृत अवस्थामा फेला परेका छन् ।

सप्तरीको राजविराज नगरपालिका–४ गोरखाली टोलमा सोही ठाउँ बस्ने ४५ वर्षीय मंगलु दास शनिबार मृत अवस्थामा फेला परेका छन् । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–४ छापडाँडा बस्ने ४८ वर्षीया सानो कान्छी भोलन आफ्नै घरभित्र शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

रोल्पाको सुनिल स्मृति गाउँपालिका–२ खुङ्ग्रीकोटस्थित खुङ्ग्री महिला सामुदायिक वनमा खुङ्ग्रीकोट बस्ने ७९ वर्षीया लक्ष्मी कुमारी सिंह शनिबार मृत अवस्थामा फेला परेकी छिन् । गत बुधबारदेखि घरबाट निस्किएकोमा घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त वनमा उनको शव फेला परेको हो ।

रामेछापको मन्थली नगरपालिका–१४ स्थित खोल्सामा सोही ठाउँ बस्ने ५४ वर्षीय पञ्चलाल तामाङ शनिबार मृत अवस्थामा फेला परेका छन् । गत सोमबारदेखि हराइरहेका उनको खोजी गर्ने क्रममा उक्त खोल्सामा शव फेला परेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–१३ धनगढीस्थित सडक छेउमा सोही उपमहानगरपालिका–१३ राजपुर बस्ने ३५ वर्षीय छिता राना शनिबार मृत अवस्थामा फेला परेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ मुडियारीस्थित कुलोमा हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

धनुषाको जनकपुर उपमहानगरपालिका–४ धनुष सागरको पूर्वी किनारमा हाल पहिचान नखुलेका पुरुष गएराति मृत अवस्थामा मृत फेला परेका छन् ।