पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गठबन्धन सरकारका कारण आर्थिक अवस्था दयनिय बनेको छः पूर्वमन्त्री नेम्बाङ्ग

चिन्तन खबर

काठमाडौं । पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङ्गले गठबन्धन सरकार राष्ट्रियता, स्वाधिनता र स्वाभिमान जगेर्ना गर्नुकोसट्टा गठबन्धन एमाले सरकारको प्रगति देखेर एमाले माथि प्रहार गरीरहेको बताउनु भएको छ ।

पाँचथर–काठमाडौं सम्पर्क मञ्चको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– “एमाले सरकारले ल्याएको सुखि नेपाली समृद्ध नेपालको अभियान गठबन्धले स्थगन गरेको छ । एमाले सरकारले नेतृत्व गर्दा २ डिजिटको आर्थिका बृद्धिदर प्रक्षेप गरे पनि कोरोनाको समयमा पनि ७ प्रतिशत आर्थिक वृद्धिदर थियो । तर त्यो अहिलेको सरकार आएपछि दयनिय अवस्थामा छ। एमाले सरकारका पालामा व्यापार घाटा सन्तुलनका थियो । गठबन्धन सरकार बनेपछि व्यापार घाटा असन्तुलन चरम चुलीमा पुगेको छ । जुन हिसावले गठबन्धन अगाडि बढेको थियो स्थानिय लेवलको चुनावमा नै असफल भइसकेको छ । जनताको भरोसाको एक मात्र पार्टी नेकपा एमाले हो भन्ने आम जनतामा विश्वास छ ।”

उहाँले गठबन्धनबाट केहि नहुने पनि बताउनु भयो । विकास निर्माण, राष्ट्रियता, नागरिकता विधेयक सवालमा पनि गम्भिर नदेखिएको उहाँको दावी छ । उहाँले भन्नुभयो– “नागरिकता विधेयक हतार हतार पारीत गर्ने विषय भित्र गम्भिर कुरा लुेकेको छ । राष्ट्र प्रमुखले पुनरविचार गर्न संसदमा फिर्ता गरेको विधेयकमा राजनीतिक प्रतिशोध साधियो । औपचारीक रुपमा दर्तासमेत नभई जस्ताको बहुमतका आधारमा पास गर्ने कार्य दुखद छ ।”

शनिवार काठमाडौंको एसआर वैंक्वेट धुम्बाराहीमा सम्पन्न कार्यक्रममा नेकपा (एमाले)का सचिव योगेश कुमार भट्टराई, विशेष अतिथि पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङ्ग, एमालेका केन्द्रीय सदस्य पूर्व राज्यमन्त्री डम्बरसिङ सम्बाहाम्फे, एमाले केन्द्रीय सदस्य तथा संविद्यान सभा सदस्य आइन्द्र सुन्दर नेम्बाङ्ग, एमाले केनद्रीय सदस्य तथा पूर्व राज्य मन्त्री श्री प्रसाद जबेगू, एमालेका प्रदेश १ कमिटी अध्यक्ष कपिल देव ओली, एमाले पाँचथरका अध्यक्ष राजकुमार भण्डारी सहभागि हुनुहुन्थो ।

त्यस्तै, आजको भेलाले प्रदेश सभा सम्पर्क मञ्च क र ख को कमिटी गठन गरेको छ । क्षेत्र नम्बर क बाट बलबहादुर तामाङ अध्यक्ष सहित ११ जना, ख बाट.रमेश अधिकारीको अध्यक्षतामा १३ जना कमिटी गठन गरिएको पाँचथर काठमाडौं सम्पर्क मञ्चका सचिवालय सदस्य पवन घिमिरे जानकारी दिनुभयो ।