काठमाडौं । आज निर्वाचन आयोगले दलहरुसँग छलफल गर्दै छ । आगामि मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभाको चुनावका विषयमा दलहरुसँग छलफल गर्न लागेको हो ।
छलफलका लागि १२ दललाई ११ बजे बोलाइएको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन आचारसंहितामा केही परिमार्जनलगायतका विषयमा पनि दलबाट परामर्श लिन लागेको छ ।
प्रतिक्रिया