काठमाडौं । आज नेपाल र केन्याबीच टी–२० खेल हुँदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज केन्याम घरेलु टोलीसँग पहिलो टी–२० अन्तराष्ट्रियमा खेल खेल्दै छ ।
पाँच टी–२० र तीन एकदिवसीय खेलका लागि केन्या भ्रमणमा रहेको नेपाली टोलिले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले पहिलो खेलमा मुख्य खेलाडी गुमाउने छ ।
भिषा समयमै नलाग्दा सोमपाल कामी, आदील अन्सारीलगायत खेलाडी बुधबार मात्रै त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । केही खेलाडी भने बिहीबार बिहान मात्रै त्यसतर्फ पुग्नेछन् ।
मनोज प्रभाकरको प्रशिक्षणमा नेपाल सुखद सुरुआत गर्न चाहन्छ । उनले सबै खेल जित्न खेल्ने बताउनुभएको छ ।
प्रतिक्रिया