विराटनगर । मोरङ र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
आज बिहान साढे ८ बजे बिरानगर महानगरपालिका–३ मा प्रदेश १–००२ ह ३९२ नम्वरको अटो टेम्पोले पैदल यात्री बिरानगर १२ कि ७७ बर्षीया हिमा निरौलालाई ठक्कर दिएको थियो । अटोको ठक्करबाट घाइते निरौलाको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ठक्कर दिने टेम्पो र चालक इटहरी–१० का ३८ बर्षीय गौरव कुरुम्बाङलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
यस्तै आज दिउँसो १ बजे रामधुनी नगरपालिका–१ स्थित राजमार्गमा प्रदेश १–०४–००१ त ००८४ नम्वरको ट्याक्टरले साइकलयात्री स्थानीयवासी ३४ बर्षीया मञ्जु चौधरीलाई ठक्कर दिँदा चौधरी घाइते भएकी थिइन् । चौधरीलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा पुर्याउना साथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याक्टर र सो ट्याक्टरका चालक रामधुनी–४ का बिजय उराउलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया