Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
सुदूरपश्चिममा समाजवादीलाई धक्का, राज्यमन्त्रीदेखि प्रदेश अध्यक्षसमेत एमालेमा प्रवेश « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

सुदूरपश्चिममा समाजवादीलाई धक्का, राज्यमन्त्रीदेखि प्रदेश अध्यक्षसमेत एमालेमा प्रवेश

चिन्तन खबर

कञ्चनपुर । आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा नेकपा (एकीकृत समाजवादी)लाई सुदूरपश्चिम प्रदेशमा ठूलो धक्का लागेको छ । सो पार्टीबाट प्रदेश सरकारमा सहभागी राज्यमन्त्रीसहित पार्टीका उच्च पदाधिकारीहरु नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बुधबार महेन्द्रनगरमा आयोजित एक कार्यक्रमकाबीच उनीहरुलाई एमालेमा प्रवेश गराएका हुन् । कार्यक्रममा एकीकृत समाजवादी पार्टीकी प्रतिनिधिसभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिमका पूर्व आर्थिक मामिला मन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य तारा लामा तामाङ, समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका निवर्तमान अध्यक्ष विक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका पूर्वमेयर समेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोक कुमार चन्दसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

बुधबार मात्रै बर्खास्तीमा परेका सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई पनि ओलीले एमालेमा प्रवेश गराएका छन् । एकीकृत समाजवादीबाट चौधरी २०७८ चैत २५ गते राज्यमन्त्री पदमा नियुक्त भएका थिए ।