पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सत्ता गठबन्धनको गम्भीर कुकर्म यसरी भयो पर्दाफास, चोलेन्द्र खोल्नुभयो सबै पोल

चिन्तन खबर

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सत्ता गठबन्धनले र न्याय क्षेत्रका बिचौलियाले कठपुतली नबन्दा आफूमाथि महाअभियोग ल्याइएको जवाफ दिनुभएको छ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बयान दिन उपस्थित हुनुभएका जबराले दिपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव अस्वीकार गर्दा महाअभियोग लगाइएको पोल खोल्नुभएको हो ।

बयानको क्रममा जवराले अदालतमा गुटबन्दी हुनुको कारण आफूपछिका न्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने महत्वाकांक्षा रहेको बताउनु भयो । कार्कीलाई प्रधानन्यायाधीश बनाउनुपर्ने प्रस्ताव आफूकहाँ आएको र त्यसलाई अस्वीकार गर्दा प्रतिशोध साध्ने काम भएको जबराको भनाइ थियो । त्यसरी न्यायपालिका चल्दैन भनेर अस्वीकार गरेको जबराले बयानमा बताउनु भएको छ । ’मैले यसरी न्यायपालिका चल्दैन भनेर अस्वीकार गरेको हो,’ जवराको भनाई उधृत गर्दै एक सदस्यले भने ।

कार्कीलाई प्रधानन्यायाधीश बनाउने र आफूमाथि महाभियोग लगाउने कार्य न्यायपालिकालाई कमजोर पार्ने खेल भएको ठोकुवा पनि जबराको छ । ’प्रधानन्यायाधीशलाई कमजोर बनाएर न्यायपालिकालाई कमजोर बनाउन खोजिएको छ । म विधि र पद्धतिबाट आएको हुँ,’ जवराले भन्नुभयो, ’पार्टीको दबाबमा, मिडियाको दबाबमा काम गर्दिनँ ।’

उहाँले महाअभियोग निश्कृय भइसकेको तर्क गर्दै आफूलाई न्याय दिनका लागि समितिलाई आग्रह समेत गर्नुभएको छ । ’महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको छ । म संसद्को सम्मानका लागि नागरिकका हिसाबले आएको हुँ । यो प्रस्ताव संविधान र नियमावली संसद्ले पारित गरेन,’ जवराले भन्नुभयो । जनताटाइम्सबाट साभार