पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसदीय समितिमाथि नै प्रश्न

चिन्तन खबर

काठमाडौं । महाअभियोग सिफारिस समितिमा उपस्थित निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले समिति र संसदलाई नै प्रश्न गरेका छन् ।

बिहीबार बसेको बैठकमा जबरालाई भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन कायम गर्न नसकेको र भ्रष्टाचार केन्द्रित भएर न्याय सम्पादन गरेको आरोपबारे सोधिएको थियो । लामो जवाफ दिएका जबराले प्रक्रियागत जवाफ दिएका थिए । समितिका सदस्य मीन विश्वकर्मा भन्छन्, ‘घरिघरि समितिलाई नै प्रश्न गर्ने, संसदलाई नै प्रश्न गर्ने शैलीमा जानुभयो ।’

झण्डै २ घण्टा चलेको बयानका क्रममा जबरालाई २ वटा प्रश्न मात्र सोधिएको छ । महाअभियोग सिफारिस समितिले ४४ वटा प्रश्न तयार पारेको छ, जसमध्ये आजसम्म ६ वटा प्रश्न सकिएको छ । अर्को बैठक १९ गतेलाई राखिएको छ ।

निलम्बित प्रधानन्यायाधीश जबराले आफ्नो प्रतिरक्षा गर्नुको साटो गठबन्धनका नेताहरु, सर्वोच्चका अन्य न्यायाधीशहरु, कानून ब्यवसायीहरु, कानून ब्यवसायीहरुमाथि उल्टो प्रश्न उठाई गम्भीर सवालहरु उजागर गरिरहेका छन् । हचुवाका भरमा महाभियोग लगाई जबरालाई पदबाट बाहिर राखिएपनि उनले उठाएका गम्भीर सवालबारे न सत्तापक्षका सांसद् गम्भीर देखिएका छन् न त सत्तापक्ष नै ।