Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
८ महिनामा ३ लाख २३ हजार पर्यटक « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

८ महिनामा ३ लाख २३ हजार पर्यटक

चिन्तन खबर

काठमाडौं । सन् २०२२ को पछिल्लो ८ महिना (जनवरीदेखि अगस्टसम्म) ३ लाख २३ हजार ५ सय ७९ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

गत महिना अगस्टमा भने ४१ हजार ३ सय ४ पर्यटक नेपाल आएका छन् । त्यसैगरी जुलाईमा ४४ हजार ४ सय ६२ पर्यटक आएका थिए।

जुनमा ४६ हजार ९ सय ५७, मेमा ५३ हजार ६ सय ८र अप्रिलमा ५८ हजार २ सय ४८ पर्यटक नेपाल आएका थिए । अफसिजनमा पनि पर्यटक आगमनदरमा क्रमशः वृद्धि हुँदै जानु सकारात्मक भएको होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए ।

उनले भने, “कोभिङ-१९ पछिको पर्यटक आगमन दरमा क्रमशः सुधार हुदै लयमा फिर्ता हुने क्रममा रहेको छ। सेप्टेम्बर, अक्टोबर, नोभेम्बर र डिसेम्बरको लागि प्रि बुकिङ पनि राम्रो नै रहेको छ। यो समाचार कारोबार दैनिकमा छ ।