पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सन्दीपले भने : निर्दोष छु, सबै निराधार आरोपहरूको सामना गर्न तयार छु

चिन्तन खबर

काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेर प्रहरीबाट पक्राउ पूर्जी जारी भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको र आफूमाथि लागेको सबै निराधार आरोपहरूको सामना गर्न तयार रहेको बताएका छन् । उनले सीपीएलबाट बिदा लिएर केही दिनमै स्वदेश फर्कने निर्णय गरेको समेत वताएका छन् ।

आज ट्वीट गर्दै सन्दीपले भनेका छन् – ‘निर्दोष छु र नेपालको सम्मानजनक कानुनमा पूर्ण विश्वास राख्छु। मैले सीपीएलबाट बिदा लिएर केही दिनमै स्वदेश फर्कने निर्णय गरेको छु। म यी सबै निराधार आरोपहरूको सामना गर्न तयार छु। न्याय मिलोस्। सबैमाथि निर्दोष र सही छानबिन होस्, कानूनले सबैलाई समान रूपमा कारबाही गर्ने आशा छ।’

अदालतको अनुमतिमा नेपाल प्रहरीले उनीविरूद्ध बिहीबारनै पक्राउ पूर्जी जारी गरिसकेको छ। पक्राउ पूर्जी जारी हुने बित्तिकै नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई निलम्बन गरेको छ। लामिछानेले एक नाबालिगलाई बलात्कार गरेको आरोप लागेको छ ।