पाँचथर । नेकपा(एमाले)ले निर्वाचन अभियान कार्यक्रमलाई तिब्र बनाएको छ । जिल्लाका सम्पुर्ण वडामा नेता कार्यकर्ताहरु निर्वाचन अभियानमा केन्द्रित भई वडा स्तरमा प्रस्तावित उम्मेद्वारहरु, नेताहरु एमालेका नीति, कार्यक्रम, योजना सहित आफ्ना कार्यकर्ताहरुलाई माझ सक्रिय रुपमा लाग्नु भएको हो ।
पाँचथरको निर्वाचन क्षेत्र प्रदेश ख मा नेकपा एमालेका केन्द्रीय सदस्य तथा सह इन्चार्ज अइन्द्रसुन्दर नेम्बाङ, प्रदेश कमिटी सदस्य कमरेड कृष्णकुमार आङदेम्बेलगायत नेताहरु निर्वाचन प्रचार अभियानमा लाग्नु भएको हो ।
मंगलबार फाल्गुनन्द-५ फाक्तेपको घुर्बिसे पन्चमीमा एमालेका अगुवा कार्यकर्ताको वृहत भेला सम्पन्न भएको छ । उक्त कार्यक्रममा धेरै नेता कार्यकर्ता अन्य पार्टी परित्याग गरी दर्जन बढी व्यक्तिहरु एमालेमा प्रवेश गर्नुभएको छ ।
पार्टी प्रवेश गर्नेहरुलाई एमालेका केन्द्रीय सदस्य तथा पाँचथरका सह-इन्चार्ज अइन्द्रसुन्दर नेम्बाङ, प्रदेश कमिटी सदस्य कृष्णकुमार आङदेम्बेलगायतले स्वागत गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष बिनोद आङदेम्बे, उप-सचीव बिकास चेम्जोङ, निर्बाचित वार्ड अध्यक्ष बिस्णु चेम्जोङ, सदस्य घनेन्द्र चेम्जोङ लगायत नेताहरूको उपस्थित रहेको थियो ।
त्यस्तै बुधबार नेकपा एमाले फाल्गुनन्द– ४ चिलिङदिनमा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन भएको छ । एमालेका केन्द्रीय सदस्य तथा सह- इन्चार्ज अइन्द्रसुन्दर नेम्बाङ, प्रदेश कमिटी सदस्य कमरेड कृष्णकुमार आङदेम्बे, नेकपा एमाले जिल्ला उपाध्यक्ष धनकुमार फियाक, प्रदेश कमिटीसदस्यहरु अमर राई, जिल्ला कमिटी सदस्य मनबहादुर चेम्जोङ र कबिन्द्र लावतीको उपस्थितिमा सम्पन्न भएको छ ।
यता निर्वाचन क्षेत्र प्रदेश क मा पनि प्रतिनिधि सभाका प्रस्तावित उम्मेद्वार वसन्तकुमार नेम्बाङ र क का लागि प्रस्तावित उम्मेद्वार राजकुमार भण्डारी, प्रदेश कमिटी सदस्य आशारत्न जबेगू चुनावि कार्यक्रममा सक्रिय हुनुहुन्छ असोज ३ बाट सुरु भएको अभियान कार्यक्रममा याङवरका गाउँपालिकाको सवै वडामा पहिलो चरण अभियान सकिएको बुधबार सकिएको छ भने बुधबारनै हिलिहाङ वडा १ र २ मा पनि अगुवा कार्यकर्तासँगको छलफल सकिएको छ । एमालेको अभियानका क्रममा याङवरक १ मा नेपाली कांग्रेसका कार्यकर्ता एमाले प्रवेश गरेका छन् । नेपाली कांग्रेसमा क्रियाशील रहेका दीपक चौहान, जीतबहादुर प्याकुरेल, संगीता राई, धनप्रसाद मगर लगायत एमालेमा प्रवेश गरेका हुन् ।
बुधबार हिलिहाङ गाउँपालिका २ मा नेपाली कांग्रेस परित्याग गरी तीन जना एमाले प्रवेश गर्नु भएको छ । वडा कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँहरू एमाले प्रवेश गर्नु भएको हो । एमाले प्रवेश गर्नुहुनेमा टीकाराम न्यौपाने, सन्तोष न्यौपाने, रामकुमार बराइली हुनुहुन्छ ।
उहाँहरुलाई जिल्ला कमिटी अध्यक्ष एवं प्रदेश सभा क का लागि प्रस्तावित उम्मेदवार राजकुमार भण्डारी, प्रदेश कमिटी सदस्य आशारत्न जबेगू, जिल्ला कमिटी सचिव विमल सापकोटा, हिलिहाङ गाउँपालिकामा पूर्व अध्यक्ष तथा एमाले जिल्ला सल्लाहकार परिषद् संयोजक भुवानी लिङ्देन, हिलिहाङ गाउँपालिका इन्चार्ज गोपीकृष्ण भण्डारीले पार्टी प्रवेश गर्नेहरुलाई गर्नुभयो।









प्रतिक्रिया