Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
ठाडा दहमा डुबेर एक व्यक्तिको ज्यान गयो « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

ठाडा दहमा डुबेर एक व्यक्तिको ज्यान गयो

चिन्तन खबर

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा रहेको डमरु दहमा डुबेर एक व्यक्तिको ज्यान गएको छ । दहमा डुबेका शितगंगा ३ दह निवासी ३७ वर्षीय खिम बहादुर नेपालीको घटनास्थलमै ज्यान गएको हो ।

बिहान करिब ८ बजेतिर दहमा पसेका नेपालीलाई इलाका प्रहरी कार्यालय ठाडाको प्रहरी टोली र स्थानीयले पानी मुनि हिलोमा गढेको अवस्थामा उद्धार गरेका थिए ।

उद्धार गर्नासाथ नेपालीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पुर्‍याइएको थियो । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नभएका कारण मृत घोषणाको लागि भए पनि अन्यत्र पठाउने तयारी गरिएको छ ।

पानी मुनीबाट उद्धार गरिएका नेपालीको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले बताए । ूयहाँ चिकित्सक हुनुहुन्न, चिकित्सकले घोषणा नगरेसम्म मृत भन्न मिल्दैनू रेग्मीले भने ूतर उहाँ जीवित भने हुनुहुन्न ।ू नेपालीको परिवारमा आमा, श्रीमती र दुई छोरी छन् । श्रीमती भने रोजगारीको क्रममा भारतमा रहेकी छन् ।