Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
बारा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

बारा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो

चिन्तन खबर

बारा । पूर्वपश्चिम राजमार्ग अन्र्तगत बाराको अमलेखगंज सडकखण्डमा बिहीवार भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । भरतपुरको चितवन मेडिकल कलेजमा उपचार गराइरहेकी एक बालिका र एक महिलाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १८ पुगेको हो ।

गएराती बारा करैयामाई २ घर भई हाल चितवन भरतपुर १२ बस्दै आएकी १६ वर्षीय प्रितिका चौधरीको नयां मेडिकल चितवनमा र पर्सा वीरगंज १६ नगवा की ६० वर्षीय मालती देवी चौरसियाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवंम् नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

मृत्यु हुने अन्य सबै जनाको सनाखत भइसकेको छ । मुत्यु हुनेमा बारा जिल्ला कलैया उपमहानगरपालिका–२ का ४१ वर्षीय लिलाराज चौधरी, चितवन खैरहनी–५ बुडौलीका ६३ वर्षीय नन्दकुमारी पुडासैनी, चितवन कालिका रमाईलो चोक बस्ने शंकर कंडेलको छेरा १४ वर्षीय सफल कंडेल, पर्सा वीरगंज १६ का ६५ वर्षीयसोम प्रसाद चौरासिया, सोही ठाउँकी ३६ वर्षीय मन्निदेवी चौरासिया, मकवानपुर हेटौंडा ७ की ५६ वर्षीय शुभलक्ष्मी श्रेष्ठ, सोही ठाउँकी १९ वर्षीय सोस्तिका श्रेष्ठ, बारा कलैया १० की ३५ वर्षीय नाजलिन खातुन, रहेका छन् ।

त्यस्तै, बारा जितपुरसिमरा २ का २८ वर्षीय सुरेश वि।क, बारा कलैया १० का २५ वर्षीय ईताजत अंसारी, ओखलढुङ्गाका लालबहादुर बोगटी, चितवन खैरेनी ५ का ३५ वर्षीय मनोरथ पुडासैनी, गोर्खाकी ३५ वर्षीय अम्बिका कडेल, धनुषा जनकपुर ५ का ५० वर्षीय सन्तोषकुमार राय, बारा करैयामाई २ घर भई हाल जिल्ला चितवन भरतपुर १२ की १६ वर्षीय प्रितिका चौधरी, बारा स्वर्ण ७ का ५५ वर्षीय रामआश्रय राय यादव, पर्सा सखुवाप्रसौनी ६ लखनपुर का ५५ वर्षीय गया राउत कम्कर र पर्सा वीरगंज १६ नगवा की ६० वर्षीय मालती देवी चौरसिया रहेका छन् ।

बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ । घाइतेहरुको चितवन, हेटौडा र वीरगंजका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ  ।