फिदिम । संघ र प्रदेश सभाको आगामि मंसिर ४ मा हुने निर्वाचनका लागि पाँचथरमा एमालेले आफ्ना उम्मेद्वार टुङ्ग्याएको छ ।
जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य बसन्तकुमार नेम्बाङ्गको टिकट ‘फिक्स’ भएको हो ।
त्यस्तै प्रदेश क बाट एमालेका जिल्ला कमिटी अध्यक्ष राजकुमार भण्डारीको पनि टिकट निश्चित भएको हो । पूर्व मन्त्री नेम्बाङ्ग र भण्डारीको उम्मेद्वारी जिल्लाबाट सर्वसम्मत सिफारीस भएको थियो ।
यता प्रदेश ख मा पनि संविधान सभा सदस्य तथा एमालेका केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्बाङ्गले टिकट पाउने निश्चित जस्तै भएको छ ।
प्रदेश ख मा जिल्ला कमिटीले नाम सर्वसम्मत पठाउन सकेको थिएन । नेम्बाङ्गसहित प्रदेश कमिटी सदस्य कृष्णकुमार आङ्देम्बे र जिल्ला उपाध्यक्ष धनकुमार फियाकको नाम प्रदेश कमिटीमा पठाइएको थियो । प्रदेश ख लागि भनै टिकट ‘फिक्स’ भने भइसेको छैन । टिकटबारे अहिले पनि छलफल चलिरहेको छ ।
गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका सह–महामन्त्री भिष्मराज आङ्देम्बेको नाम छ । प्रदेश क मा एकीकृत समाजबादीबाट कमल जबेगू र प्रदेश ख मा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले टिकट पाउनुएको छ ।
प्रतिक्रिया