झापा । झापाका छुट्टाछुट्टै दुई स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका–३ मा चेकजाँचका क्रममा मे. ५ प ९८१८ नम्बरको मोटरसाइकलमा सवार रहेका अर्जुनधारा नगरपालिका–९ झापाका अजय माझी र अर्जुन राजबंशीलाई १० ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।
यस्तै अस्थायी प्रहरी पोष्ट बसपार्क बिर्तामोडबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका–११ चिया बगानबाट अर्जुनधारा–११ का दिनेश दर्जी र राजकुमार कार्कीलाई चेकजाँच गर्दा उनीहरुका साथबाट २१ ग्राम ब्राउन सुगर बरामद भएपछि पक्राउ गरेको छ । ब्राउनसुगर सहित पक्राउ परेका चारै जनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया