पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाँचथरमा मतदानदेखि मतगणनासम्मको तयारी (तस्वीरहरु सहित)

चिन्तन खबर

पाँचथर । आइतवार हुन लागेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि पाँचथरमा मतदानदेखि मतगणनासम्मका तयारी पूरा भएका छन् ।

जिल्लाका १०२ मतदान स्थलका १७७ मतदान केन्द्र तथा दुई वटा अस्थायी मतदान केन्द्रहरुमा मतदानको प्रवन्ध भएको छ । यस्तै जिल्ला समन्वय समितिको कभर्ड हलमा मतगणनाका लागि तारजाली सहितको मतगणना स्थल तयार पारिएको छ ।

पाँचथरमा कूल एक लाख ३८ हजार ९३२ जना मतदाता रहेका छन् । जसमध्ये पुरुष ७३ हजार ३६६ र महिला ६५ हजार ५६६ रहेको सो कार्यालयले जनाएको छ । जिल्लामा प्रतिनिधि सभा सदस्य पदमा १५ जना, प्रदेश सभा क्षेत्र नं. १ मा १० जना र प्रदेश सभा क्षेत्र नं. १ मा ८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

मतदान गराउन जिल्लामा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरी एक हजार ४२२ जना कर्मचारी परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ ।

केही मतदास्थलहरु

मतगणना स्थल, फिदिम