फिदिम । पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर २ मा २ घण्टा मतदान स्थगित भएको छ । यहाँको सिद्ध मावि तिङ्देन मतदान केन्द्र ख मा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको २१ वटा मत पत्र प्रदेशको प्रत्यक्ष तर्फको मत पेटिकामा परेपछि विबाद उत्पन्न भएको थियो । मतदनामा खटिएका कमजोरीका कारण यस्तो समस्या आएको राजनीतिका दलहरुले जनाएका छन् ।
प्रदेश प्रत्यक्षको मतपत्र बाड्नु पर्नेमा मतदातालाई प्रतिनिधिसभा प्रत्यक्ष तर्फको २१ वटा मतपत्र दिएपछी विवाद सुरु भएको थियो ।
विहान ७ बजे देखि शुरु भएको मतदानमा निर्वाचनमा खटाईएका कर्मचारीको कमजोरीका कारण ०८ः१५ देखि १०ः१५ सम्म मतदान कार्य स्थगित भएको थियो ।
प्रतिक्रिया