फिदिम । पाँचथरमा प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले)का वसन्तकुमार नेम्बाङ र सत्ता गठबन्धनको नेपाली काँग्रेसका भीष्मराज आङ्देम्बेवीचको प्रतिस्पर्धा निकै रोमाञ्चक छ ।
पछिल्लो पटक प्राप्त मतपरिणामअनुसार आङ्देम्बे ९६ मतले अघि हुनुहुन्छ । आङ्देम्बेले १०८०३ मत प्राप्त गर्दा पूर्वमन्त्री समेत रहनुभएका नेम्बाङले १०७०७ मत पाउनुभएको छ । २५ हजार ३३ मत गणना गर्दा उहाँहरुले सो मत प्राप्त गनुभएको हो । प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका कमलबहादुर चेम्जोङले ५३६ मत पाउनुभएको छ ।
१५ जना प्रतिस्पर्धी रहेको प्रतिनिधि सभा सदस्य पदमा अन्य उम्मेदवारले ५०० भन्दा कम मात्रै मत पाउनुभएको छ । हालसम्म एक हजार ३४१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पाँचथरमा कूल ७४ हजार ८९८ मत खसेको थियो ।
प्रतिक्रिया