पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जापानमा छायांकन भएको तीज गीत “ठुली”को टिजर सार्वजनिक

चिन्तन खबर

जापान, होक्काइदो। नजिकिँदै गरेको नेपाली हिन्दु महिलाहरूको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै जापानमा छायांकन गरिएको नयाँ तीज गीत “आउ नाचम ठुली” को टिजर सार्वजनिक भएको छ।

दिपिका ब्याम्बुको स्वर तथा दिपक अर्यालको शब्दमा रहेको  गीतको एरेन्ज तारानाथ आचार्यले गर्नुभएको छ । गीतको रेकर्डिङ मालाश्री स्टुडियो र डिजिटर स्टार स्टुडियो मा सम्पन्न भएको छ।

यो तीज गीत Dipak Aryal Official युट्युब मार्फत चाडै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।

विदेशी भूमिमा नेपाली संस्कृति, परम्परा र तीज पर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ जापानमा हुन लागेको यस तीज गीतको छायांकनले होक्काइदोमा रहेका नेपाली समुदायबीच विशेष उत्साह थप्ने अपेक्षा गरिएको छ।

गीतको टिजर हेर्न तलको लिंक क्लिक गर्नुहोस्