Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
अर्जेन्टिनाका दुई डिफेन्डरले सेमिफाइनल खेल गुमाउने « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

अर्जेन्टिनाका दुई डिफेन्डरले सेमिफाइनल खेल गुमाउने

चिन्तन खबर

काठमाडौं । विश्वकप फुटबल अन्तरगत मंगलबार राति सेमिफाइनलको पहिलो खेलमा अर्जेन्टिना र क्रोएसिया भिड्दै छन्। अर्जेन्टिना नेदरल्याण्ड्सलाई पराजित गर्दै र क्रोएसिया ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन्।

क्रोएसिया लगातार फाइनल प्रवेश गर्ने दाउमा छ भने अर्जेन्टिना ८ वर्षपछि फाइनलमा पुग्ने लक्ष्यमा छ। यसअघिका दुई विश्वकपमा फाइनल पुगेका दुवै टोली पराजित भएका थिए।

२०१४ मा अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो। २०१८ मा क्रोएसिया फ्रान्ससँग पराजित भएको थियो। क्रोएसियाले गएको विश्वकपमा अर्जेन्टिनालाई ३–० ले पराजित गरेको थियो। तर त्यसयता अर्जेन्टिनाले टिममा ठूलो परिवर्तन गरेको छ। ३६ खेलमा अपराजित अर्जेन्टिना विश्वकपको पहिलो खेलमा साउदीसँग पराजित भएको थियो। तर त्यसपछि उसले सुधार गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो।

मंगलबार राति लुसैल स्टेडियममा हुने खेल अर्जेन्टिनाका दुई डिफेन्डरले गुमाउने भएका छन्। दोहोरो पहेँलो कार्डका कारण उनीहरुले महत्वपुर्ण खेल गुमाउने भएका हुन्।

मार्कस अकुना र गोन्जालो मोन्टियलले सेमिफाइनल गुमाउने भएका हुन्। अकुना अर्जेन्टिनाको पहिलो रोजाइका डिफेन्डर हुन्। उनी साउदी अरेविया बाहेकका सबै खेलमा सुरुवाती टिममा परेका छन्। अकुना २०१८ को विश्वकपमा पनि क्रोएसियाविरुद्ध खेलेका थिए।

गोन्जालोले साउदीविरुद्ध खेलेका थिएनन्। मेक्सिकोविरुद्धको खेलमा अकुना र मोन्टियलले एकसाथ सुरुवात गरेका थिए। नेदरल्याण्ड्सविरुद्ध वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका उनले पनि पहेँलो कार्ड पाएका थिए। त्यसअघि मेक्सिकोविरुद्ध उनलाई पहेंलो कार्ड दिइएको थियो।

अकुनाले पोल्याण्डविरुद्ध पहिलो कार्ड खाएका थिए। नेदरल्याण्ड्सविरुद्धको खेलमा पनि पहेँलो कार्ड दिएपछि उनले पनि सेमिफाइनल गुमाउने पक्का भएको हो।

नेदरल्याण्ड्स र अर्जेन्टिनाको खेलमा दुई अफिसियलसहित १८ वटा पहेंलो कार्ड र एउटा रेडकार्ड दिइएको थियो। जसमा अर्जेन्टिनाका ८ खेलाडीले पहेँलो कार्ड पाएका थिए। ती मध्ये ६ जना डिफेन्डर छन्। मिडफिल्डर परेडेस र फरवार्ड कप्तान लियोन मेस्सीले पनि पहेँलो कार्ड पाएका थिए।

नेदरल्याण्ड्सका डेन्जल डुम्फ्रिसले दोहोरो पहेँलो कार्डपछि रेडकार्ड पाए। अन्य ६ खेलाडीलाई रेफ्री माटेउ लाहोजले पहेँलो कार्ड दिएका थिए। रेफ्रीको उक्त निर्णयको दुवै टोलीले बिरोध गरेका छन्। विरोधपछि फिफाले उनलाई थप जिम्मेवारी नदिने भएको छ। लाहोज स्वदेश फर्किएका छन्।