Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
काभ्रेमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

काभ्रेमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु

चिन्तन खबर

काठमाडौं । काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

बेथानचोकमा व्रतबन्धमा सामेल भएर पनौती फर्कने क्रममा बा ३ ख ४३८५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी ढुंडीराज न्यौपानेले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार ३ जनाको घटनास्थलमा र १४ जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको उनले जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले व्रतबन्धबाट रिजर्भ गरेर पनौती फर्किने क्रममा बस अनियन्त्रित भई पल्टिएको बताए । तीव्र गतिका कारण बस सडकमा नै पल्टिएको हुनसक्ने उनको भनाई छ । सुनुवारले भने मृतकको सङ्ख्या यकिन भइनसकेको बताए ।