काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेताको लागि सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापा भिड्ने निश्चित भएको छ । मंगलबार बिहान बसेको गगन– डा. शेखर कोइराला समूहको बैठकले दुइ नेताबीच सहमति देउवाविरुद्ध गगनले उम्मेदवारी दिने सहमति भएको स्रोतले जनाएको छ ।
थापाको प्रस्तावकमा डा. कोइराला बस्ने सहमति पनि गरिएको स्रोतले जनाएको छ ।
इतर समूहबाट दुवै नेताको दाबी रहेका कारण यसअघि सहमति जुट्न सकेको थिएन । सोमबार दिनभर आज (मंगलबार) बिहान लैनचौरस्थित एक होटलमा छलफल भएको थियो ।
प्रतिक्रिया