पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ऐन विपरित कार्य गरेको भन्दै तुम्वेवा गाउँपालिकामा एमालेको ध्यानाकर्षण

चिन्तन खबर

पाँचथर । पाँचथरको तुम्वेवा गाउँपालिले स्थानिय सरकार सञ्चालन सम्बन्धी ऐनको उल्लघंन गरेको भन्दै नेकपा(एमाले) तुम्वेवा गाउँपालिका कमिटीले ध्यानकर्षण पत्र बुझाएको छ ।

आज एमालेका गाउँपालिकाका इन्चाज धन प्रसाद साँवासहितको टोलिले पालिकाको कार्यालयका पुगि ‘जनप्रतिनिधिहरुको आचारसंहिता २०७४’ विपरीत गाउँसभाले आफुखुसि गरेको भन्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

०७९÷०८० को बजेट विनियोजनमा स्थानियहरुको सूचनाको हक कुन्ठित हुने गरी जनप्रतिनिधिहरुले हस्तक्षेप गर्दै सरोकारबालहरुको राय र परामर्शसमेत नलिई उपभोक्ता समिति गठनलगायतका विषयमा एमालेले ध्यानाकर्षण गराएको पालिकाका सचिव कमल थापाले जानकारी दिनुभयो ।

उहाँले स्थानिय सरकारले सबै नागरिकको हक र अधिकारको सम्मान गर्दै ऐन अनुसार पालिकाले गतिविधि गर्नुपर्ने माग राखिएको बताउनुभयो । फरक ढंगबाट सेवा दिन खोज्दा समस्या हुने भन्दै विधिको शासन सञ्चालन गर्न सुझावसमेत दिइएको उहाँले जानकारी दिनुभयो ।
स्थानिय सरकारबाट प्रदान गरिने सार्वजनीक सेवा सुविधा पारदर्शि हुनुपर्ने एमालेको माग रहेको थापाले जानकारी दिनुभयो ।