Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
टिफरको ठक्करबाट नाबालिकाको मृत्यु « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

टिफरको ठक्करबाट नाबालिकाको मृत्यु

चिन्तन खबर

मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका–१२ को भित्री सडकमा टिफरको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थान बस्ने अजित चौधरीकी छोरी डेढ बर्षीया अननिया चौधरी छन् । हिजो अपरान्ह ४ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ख ६८२५ नम्बरको टिफरले ठक्कर दिँदा बालिकाको घटनास्थलमानै मृत्यु भएको थियो ।

टिफर र टिफर चालक मोरङ केराबारी गाँउपालिका–१० बस्ने ३५ बर्षीय राजकुमार लिम्बू इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।