काठमाडौं । बहुचर्चित राँके–रवि–भेडेटार सडक निर्माणलाई नयाँ ठेक्काबाट अघि बढाउन पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य बसन्तकुमार नेम्बाङले संसदमा माग गर्नुभएको छ ।
आज बसेको संसद बैठकमा बोल्दै उहाँले उक्त सडकका विषयमा विगतको सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि २०८१ सालसम्म म्याद थपेर जनताको आशा भरोसामाथि खेलबाड गरेको दाबी गर्नुभएको छ ।
उहाँले भन्नुभयो– “३० वर्षदखि यो सडक निर्माणमा जनता आशावादि थिए, अहिले सम्म १६ प्रतिशत मात्र प्रगति भएको छ । हामिले पटक–पटक ससंदमा ध्यानाकर्षण गरायौ । भारतीय दुताबासदेखि लिएर एक्जीम बैंक, भारतको परराष्ट्र मन्त्रालयमासमेत ध्यानाकर्षण गरायौं तर ध्यानाकर्षण भएन ।”
“भारतीय सहयोगबाट धेरै निर्माणका काम भइरहेका छन् तर यो बाटो भारतीय ठेकेदार कम्पनीले काम नगर्ने देखिएपछि कालो सूचिमा राखेर अर्को ठेकेदार नियुत्त गर्न पटक–पटक ध्यानाकर्णण गराउँदा उल्टै एक वर्षको म्याद थपेर ठेकेदार कम्पनीलाई पुनः जिवित गर्ने काम भयो ।” उहाँले भन्नुभयो ।
तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईलाई उक्त सडक निर्माणका विषयमा प्रदेश १ का ६ जना सांसदहरुले ध्यानाकर्षण गराएको स्मरण गर्दै उहाँले आक्रोस व्यक्त गर्दे भन्न्ुभयोे “हामीले तत्कालिन मन्त्रीज्युलाई यो विषयमा ध्यानाकर्षण गराएका थियौं । मन्त्रीज्युले सात दिन भित्र निर्णय लिने आश्वासन दिनुभयो त्यपछि हामी निर्वाचनमा होमियौ चुनाव सकेर अहिले आउँदा त २०८१ असारसम्म फेरि म्याद थपिएको रहेछ । यस विषयमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । हामीले पाँचवटा जिल्लाका जनतालाई यहि आश्वासन दिएका छौं की तपाईहरुको माग हामी संसदमा राख्ने छौं ।”
उहाँले यस विषयमा सभामुखलाई रुलिङ गर्न माग समेत गर्नुभएको छ । “यो परिस्थिति फेरि पनि नदोहोरियोस सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहान्छु । यो बाटो निर्माणका लागि तत्काल नयाँ ठेक्का प्रकृया अघि बढाउन सम्बन्धित मन्त्रालयलाई सम्मानित सदनबाट ध्यानार्षण गराउन चाहान्छु ।” उहाँले भन्नुभयो ।
उक्त सडक निर्माणका लागि भारतीय ठेकेदार कम्पनी एप्को इन्फ्राटेक प्रा.लि.ले ठेक्का लिएको थियो । १०१ किलोमिटर कालोपत्रे गर्नुपर्ने भएपनि निर्माण कम्पनीले वेवास्ता बारम्बार म्याद थप्ने तर काम नगर्ने अवस्था छ ।
प्रतिक्रिया