काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द्र विप्लव सी ले मुद्दा मिल्ने कम्युनिष्ट पार्टीहरुसँग सहकार्य गर्ने बताउनुभएको छ ।
बुधबार काठमाडौंमा भएको पत्रकार सम्मेलन उहाँले त्यस्तो बताउनुभएको थियो ।
‘विचार मिल्ने पार्टीहरुसँग एकता गर्नुपर्छ । मुद्दा मिल्ने कम्युनिष्ट पार्टीहरुसँग सहकार्य गर्नुपर्छ ।’ उहाँले बताउनुभयो ।
त्यसैगरी आफूहरुले नेपालमा कसरी कम्युनिष्ट पार्टीहरुसँग एकता गर्ने भन्ने विषयमा छलफल भइरहेको समेत बताउनुभयो ।
गत माघ ३ गतेदेखि ११ गतेसम्म कपिलवस्तुमा बसेको पार्टीको नवौँ केन्द्रीय कमिटी बैठकको निर्णयबारे जानकारी दिन पत्रकार सम्मेलन गरिएको थियो ।
प्रतिक्रिया