मोरङ । प्रहरीले मोरङको बिराटनगर महानगरपालिका–१५ बैङ्क रोडबाट अवैधरुपमा राखिएका खाद्य सामग्रीहरु बरामद गरेको छ ।
गत शुक्रवार राती जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिराटनगर–१५ कि सरिता मिश्राको डेरा कोठामा राजश्व छलेर लुकाई छिपाई राखेको अवस्थामा मरिच ७ सय २० किलो ग्राम (२४ बोरा), मसला ३ सय ५० प्याकेट र नरिवल ३० किलो ग्राम बरामद गरेको हो ।
बरामद गरिएको खाद्य सामग्री करीब ७ लाख ७० हजार ६ सय रुपैयाँ बरावरको रहेको प्रहरीले जनाएको छ । अवैध खाद्य सामग्री बरामद भएपछि सरिता मिश्रा समेतलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रतिक्रिया