काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा भोलिदेखि पाँच दिन नेपाल १६ औं अन्तराष्ट्रिय औद्योगिक मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङ्गारिक मेला कृषि–२०७९ आयोजना हुदैछ ।
आयोजनाको लागि सम्पुर्ण तयारी पुरा भएको छैठौं प्राङ्गारिक कृषि मेला–२०७९ की संयोजक तथा कञ्चनजंघा टि–स्टेटको कार्यकारी निर्देशक शान्ता बाँस्कोटाले जानकारी दिनुभयो । उक्त महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुने भएको आयोजक संस्थाहरुले जनाएका छन् ।
कृषकका लागि आवश्यक अर्गानिक तथा गुणस्तरिय बिउ संरक्षण, उपभोक्ताको प्रमुख रोजाइमा रहेका अर्गानिक बालीका लागि स्थानीय कृषिजन्य आनुवंशिक स्रोत लोप हुनबाट जोगाउन थप प्रेरणा जागृत गराउन लगायतका उदेश्यसहित मेलाको आयोजना गरिएको बाँस्कोटाले बताउनु भयो ।
त्यस्तै, सरोकारवालाहरूबीच सहकार्य, समन्वय र सह–अस्तित्वको अवधारणामार्फत साझा कार्यक्रमकारूपमा अघि बढ्ने नीतिहरु निर्माण गरी वैदिक अर्गानिक बाली संरक्षण मार्फत कृषि जैविक विविधता संरक्षणमा जोड दिन दवाव सृजना गर्नमा यो मेलाले मुल उदेश्य समेत लिएको उहाँको भनाई छ ।
यो मेलामा कम्तिमा एक सय ५० बढी अग्र्यानिक सामग्रीसहितका स्टलहरु रहने आयोजक संस्थाले जनाएका छन् । मेलामा कम्तिमा १० लाख बढी मानिसले अवलोकन गर्ने लक्ष लिइएको छ ।
प्रतिक्रिया