काठमाडौं । विभिन्न माग राख्दै आएका आन्दोलनरत यातायात मजदुर र सरकारबीच बार्ता सुरु भएको छ । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलनरत मजदुर संगठनको नेताहरूसँग वार्ता सुरु भएको हो ।
आफ्ना विभिन्न माग राखेर यातायात मजदुरले आज उपत्यकाका सवारीसाधन ठप्प पारेका छन् । हिजो हिजो बालाजु क्षेत्रमा भएको आगजनी र तोडफोडको घटना भएको थियो । तीनवटा मजदुर संगठनले आज सवारी साधन नचलाउने निर्णय गरे पछि उनीहरूलाई सरकारले वार्तामा बोलाएको हो ।
प्रतिक्रिया