Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
श्रीमानको कुटपीटबाट श्रीमतीको मृत्यु « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

श्रीमानको कुटपीटबाट श्रीमतीको मृत्यु

चिन्तन खबर

दैलेख । दैलेखमा श्रीमानको कुटपीटबाट श्रीमतीको मृत्यु भएको छ ।

गुराँस गाउँपालिका–८ गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले कुटपीट गर्दा उनकी श्रीमती २७ वर्षीया श्रीमती पार्वती बीसीको मृत्यु भएको हो । श्रीमान् श्रीमतीबीच पारिवारिक विवाद भएपछि सोमबार राति साढे १० बजे कृष्णबहादुरले ढोकामा लगाउने गरालोले हानेर श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रहरीका अनुसार सो श्रीमानश्रीमती मात्रै बस्दै आएका थिए । विवाद भएपछि श्रीमानले काठको गरालोले हान्दा श्रीमतीको घटना स्थलमै मृत्यु भएको प्रहरीको भनाई छ । स्थानीयवासीका अनुसार विगत केही दिनदेखि श्रीमान् र श्रीमति बीचमा विवाद हुँदै आएको थियो । सोही विवाद बढ्दै गएपछि कृष्णबहादुरले श्रीमती पार्वतीलाई कुटपिट गरेका थिए ।

गत मंसिरमा मात्रै उनीहरुको परिवारले विवाह गराई दिएका थिए । प्रहरीका अनुसार दुवैजना शारीरिका रुपमा अशक्त थिए । श्रीमान् कान सुन्न नसक्ने र श्रीमती पनि शारीरिक रुपमा अशक्त रहेको पाइएको प्रहरीले जनाएको छ ।

कृष्णबहादुर सुन्न नसक्ने भएकाले अनुसन्धानमा समस्या भएको प्रहरीले जनाएको छ । शवलाई दैलेख जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको र केटीको परिवारले जाहेरी दिने तयारी भएको प्रहरीले जनाएको छ ।