फिदिम । मोरङबाट पाँचथरको मिक्लाजुङ गाउँपालिकामा रहेको ससुराली घर आउँदै गरेका एक वृद्धको लडेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको लेटाङ नगरपालिका–८ खैरेनीका ७३ वर्षीय हस्तबहादुर लिम्बू रहेका छन् । लिम्बू गत आइतवार ४५ वर्षीया श्रीमती सरिता र दुई जना बच्चाहरु सहित पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ मेवाखोलामा रहेको ससुराली घर आउने क्रममा मिक्लाजुङ–७ गैरीगाउँस्थित जङ्गलको बाटोबाट साँझ ६ः३० बजेबाट वेपत्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार सरिताले स्थानीयवासीलाई खवर गरेपछि स्थानीयले इलाका प्रहरी चौकी खान्द्रुङमा खवर गरेका थिए । स्थानीयवासी र प्रहरीको टोलीले खोजी गर्ने क्रममा लिम्बूको शव हिजो दिउँसो ११ः५० बजे मिक्लाजुङ–६ खोलागाउँमा गोरेटो बाटोबाक करीब ५ सय मिटर तल फेला परेको प्रहरीले जनाएको छ ।
लिम्बूको भीरबाट लडेर मृत्यु भएको पाइएको र घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रबिबाट प्रहरी निरीक्षक कैलाश चौधरीको कमाण्डमा छुट्टै टोली पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सन्तोषकुमार राईले जानकारी दिए ।
प्रतिक्रिया