काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी बुधबार राती उनको निवास बुद्धनगरमा ग्यास सिलिन्डर विस्फोट हुँदा गम्भिर घाइते हुनुभएको छ । उहाँसँगै उहाँकी आमा समेत गम्भिर घाइते हुनुभएको नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
हाल उहाँहरुको उपचार कििर्तपुर अस्पतालमा उपचार भइरहेको छ ।
डाक्टरहरुका अनुसार भण्डारीको शरिरको करिब २५ प्रतिशत र उनको आमाको ७० प्रतिशतको हाराहारी शरिरको भागमा असर गरेको छ ।
नेता भण्डारीलाई अहिले आइसियुमा राखेर उपचार भइरहेको स्रोतले जनाएको छ । नेता भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी भएको बुभmिएको छ ।
प्रतिक्रिया