Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
अबैध कपडा सहित सवारी साधन नियन्त्रणमा « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

अबैध कपडा सहित सवारी साधन नियन्त्रणमा

चिन्तन खबर

झापा । झापाको कमल गाउँपालिका–३ र दमक नगरपालिका–६ ट्याक्सी स्टेण्डबाट अबैध कपडा सहित दुई वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो अपरान्ह कमल गाउँपालिका–३ केर्खास्थित पूर्वपश्चिम राजमार्गमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा पश्चिमतर्फ जाँदै गरेको मे १ज २८०४ नम्वरको पिकअप गाडीमा अवैध रुपमा लैजादै गरिएको करीब १४ लाख ८० हजार ७ सय ७८ रुपैयाँ मूल्यका विभिन्न किसिमका सारी लगायतको कपडाहरु बरामद गरेको थियो ।

यसै गरी सोही टोलीले दमक–६ स्थित ट्याक्सी स्टेण्डमा प्रदेश १–०१–००१ च ७७२९ नम्बरको पिकअप गाडीलाई चेकजाच गर्ने क्रममा करीब ६ लाख ६१ हजार ७ सय ४१ रुपैयाँ मूल्यका विभिन्न किसिमका सारी लगायतका कपडाहरु बरामद गरेको हो ।

अवैध कपडा बरामद भए संगै नियन्त्रणमा लिइएका मे १ज २८०४ नम्वरको पिकअप, चालक हल्दीबारी–२ झापाका २४ बर्षीय जनक कर्मकार र प्रदेश १–०१–००१ च ७७२९ नम्बरको पिकअप, चालक भद्रपुर–५ का ३२ बर्षीय अनिल बिक समेतलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।