काठमाडौं । भारतले ग्यासबाहेक सबै इन्धनको मूल्य घटाएर पठाए पठाएको छ ।
भारतीय आयल कर्पोरेशन (आइओसी)ले ग्यासबाहेक सबै इन्धनको मूल्य घटाएर पठाएको हो । नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ २१ पैसा र डिजेल प्रतिलिटर पाँच रुपैयाँले घटेको हो।
मट्टितेल प्रतिलिटर तीन रुपैयाँ ४० पैसा र हवाई इन्धन पाँच रुपैयाँले घटेर आएको छ। एलपिजी ग्यास भने प्रतिसिलिन्डर तीन सय ४९ रुपैयाँले वृद्धि भएको छ।
भारतबाट इन्धनको मूल्य घटेर आए पनि निगमले स्थानीय बजारमा भने मूल्य यथावत राख्ने भएको छ।
प्रतिक्रिया