काठमाडौं । काठमाडौंमा आजबाट सातौं अन्तरराष्ट्रिय आयुर्वेद महासभा हुँदैछ । नेपाल महर्षि वैदिक फाउण्डेसन र नेपाल आयुर्वेद चिकित्सक संघले विहीबार पत्रकार सम्मेलन मार्फत महासभा बारे जानकारी दिएको हो ।
तीन दिन चल्ने उक्त महासभाको सोल्टी होटलमा आज प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
महासभामा वैदिक क्षेत्रका ज्ञाता, आयुर्वेद चिकित्सक एवम् विज्ञहरुबाट ९० बिषयमा कार्यपत्र प्रस्तुत हुने बताईएको छ ।
सो अवसरमा महर्षि वैदिक फाउण्डेसनका अध्यक्ष डा. दिपक प्रकाश बाँस्कोटाले “सबैका लागि समग्र स्वास्थ्योपचार” भन्ने नाराका साथ महासभा आयोजना हुन लागेको बताउनुभयो ।
यस अघि सन् २०१५ मा नेदरल्याण्डको रोयतमोल्ड, सन् २०१७ मा बेलायतको लण्डन, सन् २०१८ मा नेदरल्याण्ड, सोल्भानियाको लेइडेनमा सम्पन भएको जानकारी बाँस्कोटाले जानकारी दिनुभयो ।
महासभामा भारत, अमेरिका, नेदरल्याण्ड लगायतका देशबाट १५० भन्दा बढी आगन्तुकहरु सहभागी रहने आयोजकले जनाएको छ ।
प्रतिक्रिया