काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको सपथ लिदै हुँनुहुन्छ ।
त्यसका लागि राष्ट्रपतिको कार्यालय, शीतल निवासमा दिउँसो १ बजे विशेष समारोहको आयोजना गरिएको छ।
नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ। जसअनुसार नवनिर्वाचित राष्ट्रपति पौडललाई कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने कार्यक्रम छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सांसद पौडेल गत फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले आजै आफ्नो कार्यकाल पुरा गरी शीतल निवास छाड्दै हुनुहुन्छ ।
उहाँ बूढानीलकण्ठस्थित आफ्नो निजि निवासमा जानुहुने भएको छ ।
प्रतिक्रिया