काठमाडौं । गत वैशाखमा आशिष गेलालसँग विवाह गरेकी अभिनेत्री वर्षा शिवाकोटीको वैवाहीक संम्बन्ध टुटेको छ । उनका श्रीमान् अमेरिका निवासी आशिष गेलालले अर्को विवाह समेत गरिसकेका छन् ।
गेलालले सोमबार झापाकी समीक्षा बिमलीसँग विवाह गरेका छन् ।
केही समयको प्रेमपछि गुपचुप विवाह गरेकी उनले सामाजिक सञ्जाल मार्फत विवाह सार्वजनिक गरेकी थिइन् ।
विवाह लगतै आशिषसँग एक महिना अमेरिका बसेकी वर्षाले सामाजिक सञ्जालमा आशिषसँगका थुप्रै तस्बिर समेत पोस्ट गरेकी थिइन् । तर अमेरिकाबाट वर्षा एक्लै नेपाल फर्किएपछि भने उनको श्रीमान्सँगको सम्बन्धमा तिक्तता आएको अनुमान गरिएको थियो । यी दुवैले सामाजिक सञ्जालमा एकअर्कोलाई अनफलो गरेपछि सम्बन्ध बिग्रिएको विषयमा मिडियामा थुप्रै गसिप बने । त्यही बीचमा वर्षाले इन्स्टाग्रामबाट विवाहको फोटोसमेत डिलिट पनि गरिन् ।
प्रतिक्रिया