फिदिम । चट्याङले लागेर पाँचथरको तुम्बेवा गाउँपालिका–२ मा दुई जना घाइते भएका छन् ।
हिँजो दिउँसो अन्दाजी ४ः३० बजे तुम्बेवा–२ का कृष्णजीत मगरको गाइगोठमा चट्याङ पर्दा चट्याङले लागेर कृष्णजीतकी छोरी २४ वर्षीया नेत्रकुमारी मगर र बुहारी २४ वर्षीया बुधमाया मगर घाइते भएका हुन् ।
घाइतेमध्ये नेत्रकुमारी अचेत रहेको र दुवै जनालाई थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । चट्याङले लागेर गोठमा बाँधिएको एउटा गाई मरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया