काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली मध्यपहाडी लोकमार्गबाट पूर्वदेखि पश्चिमसम्मको एक महिना यात्रा गर्ने हुनुभएको छ ।
बैशाखको दोस्रो हप्ताबाट ओलीले मध्यपहाडी लोकमार्गबाट गाडीको यात्रा गर्दै जनतासँग भेटघाट गर्ने हुनुभएको हो ।
कानूनका विद्यार्थीसँग बिहीबारको अन्तरक्रियामा ओलीले आफू मध्यपहाडी लोकमार्गको यात्रामा निस्किन लागेको बताउनुभएको हो । उहाँ एक महिना लामो यात्रामा त्यहाँ रहेका जनतासँग भेट्ने बताएका छन्।
मिसन ग्रासरुट अभियान चलाएको एमालेले स्थानीय जनतालाई आफ्नो कार्यकालमा गरेका कामको प्रचार र पार्टीको सुदृढीकरण अभियान थालेको छ।
प्रतिक्रिया