काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक सुरु हुनुभन्दा अगाडि भातृ संगठन नेपाल विद्यार्थीका संघका असन्तुष्ट पक्षले नाराबाजी गरेका छन् ।
नेविसंघका सभापति दुजाङ शेर्पालाई बर्खास्त गर्न माग गर्दै जारी अनसनको समर्थनमा नाराबाजी भएको हो ।
पार्टी कार्यालय परिसरमा नाराबाजी गर्दै नेताहरूलाई पार्टी कार्यालय प्रवेशमा अवरोध गरेपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सभापति शेर्पाविरुद्ध पहिलो दिन निश्चल महर्जन र अंशुल केसी अनशनमा बसेका थिए । आज दोस्रो दिन अमन भुसाल (रुपन्देही) र राजेन्द्र चटौत (कैलाली) अनशनमा बसेका छन् ।
सत्तारुढ घटक कांग्रेसले कार्यसम्पादनको बैठक १० बजेपछिदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ ।
प्रतिक्रिया