पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका केन्द्रको यासोक बजारमा चर्चित गायक प्रमोद खरेलको सुमधुर प्रस्तुतीसँगै दर्शकहरू झुमेका छन् । प्रत्येक तीन/तीन वर्षमा लाग्ने तङसुम तङनाम त्रिशाली मेलाको अवसरमा चर्चित गायक प्रमोद खरेलको प्रस्तुतिमा दर्शकले मनोरञ्जन लिएका थिए । मेलाको अवसरमा मिनिमेला सांगीतिक साँझमा खरेलले आफ्नो ब्यान्ड प्रमोद एन्ड परम्परा सहित पहिलो पटक कन्सर्टका लागि यासोक आउँदा दर्शकहरुले पुर्ण रुपमा साथ दिएका थिए।

चिसो रातको ११ बजे देखिसुरु भएको कन्सर्टमा गायक प्रमोद खरेलले आफ्नो लोकप्रिय गितहरु “म बिना कसैकसै लाई मुस्किल छ पोखरामा’ बाट सुरवात गर्दे क्रमसः हङ्गामा भो, म बाँचेकै, ओई झुमा, सुनैको दरवार लगायत एक दर्जन हिट गीतहरु गाउँनु भएको थियो । उहाँले गाउँनु भएको चर्चित गीतको तालसंगै गाउँदै दर्शकहरुले समेत मनोरञ्जन लिएका थिए ।

कार्यक्रमको अन्तिम समयमा ब्यान्डको नयाँ गीत ’कालो टोपीले मलाईनै सुहाउने’ गितमा दर्शकहरु लाई नचाउँदै कार्यक्रमको बिट मार्नुभएको थियो । प्रमोदले गित गाउँदै गर्दा दर्शकले प्रत्येक गितमा वान्स मोर भनी हौसला थप्दै ब्यान्ड लाई थप उर्जा दिएका थिए ।

प्रमोद एन्ड परम्परा ब्यान्डमा प्रमुख गायक प्रमोद खरेलसँगै मादल र प्रकसनमा जे.पी जोशी, वाँसुरीमा संजीव मैनाली, किबोर्डमा राहुल भुजेल, ड्रम सेटमा भुपेन बिश्वकर्मा, लिड गितारमा देवाशिस तामाङ, बेस गितारमा कुसल थापाले दर्शकलाई साथ दिएका थिए । गायक खरेल सहित सबै कलाकारहरुको टीमलाई आयोजक र स्थानीयले सिलाम साक्मा लगाई सम्मान गरेका थिए ।








प्रतिक्रिया