पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपनिर्वाचनः बिहीबारदेखि आचारसंहिता लागू हुने

चिन्तन खबर

काठमाडौं। आउँदो वैशाख १० गते हुने उपनिर्वाचनका लागि चैत अन्तिम सातादेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ। चितवन, तनहुँ र बाराका गरी तीन प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता

भएको छ। निर्वाचन आयोगका अनुसार उपनिर्वाचनलाई लक्षित गरी चैत २३ पछि आचारसंहिता लागू हुनेछ। निर्वाचन आचारसंहिता, २०७९ मा आचारसंहिता आयोगले तोकेको मितिदेखि तोकेको क्षेत्रमा लागू हुने व्यवस्था छ।

आचारसंहितामा राजनीतिक दल, उम्मेदवार, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहका पदाधिकारी तथा सरकारी तथा अर्धसरकारी निकायले गर्न हुने र नहुने व्यवस्था गरिएका छन्। आचारसंहिता लागू भएपछि तीनै तहका सरकारले उपनिर्वाचन हुने क्षेत्रमा नयाँ विकासका योजना घोषणा, योजना शिलान्यासलगायतका गतिविधि गर्न पाउने छैनन्।