टीकाराम आचार्य
काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकाका ६ स्थानमा महिला हिंसाविरुद्धको जनचेतना मुलक नाटक ‘चीत्कार’ प्रदर्शन गरिएको छ । गत शनिवार र आइतबार उक्त नाटक मन्जुश्री गुरुकुलमको प्रस्तुतिमा प्रदर्शन गरिएको हो ।
घरेलु हिंसामा महिलाले भोगेका दु:ख र आफ्नै आफन्तबाट हुने यौन दुव्र्यवहार सहेर बस्नु हुँदैन अन्यायविरुद्ध आवाज उठाउनु पर्छ भन्ने सो नाटकको सन्देश रहेको थियो ।
नाटक ‘चित्कार’मा रङ्गकर्मीहरु घनश्याम गौतम, नमस्ते दिवाकर घिमिरे, मन्जु गिरी, रारा ज्योती, निर्मल साउद र बिरेन्द्र मुखियाको जिवन्त अभिनय रहेको थियो ।
नाटक ‘चीत्कार’ चन्द्रागिरी नगरपालिकाको सहकार्य तथा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, महिला निवारण शाखाको आर्थिक सहयोग निर्माण भएको उक्त नाटक ‘चित्कार’को नाटक संयोजन नमस्ते दिवाकर घिमिरे गरेका थिए भने नाटक मन्जु गिरीले निर्देशनमा प्रदर्शन भएको हो ।
प्रतिक्रिया