Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
पृथ्वीनारायणको सालिक अनावर गर्न पूर्व राजा ज्ञानेन्द्र झापा आउदै « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

पृथ्वीनारायणको सालिक अनावर गर्न पूर्व राजा ज्ञानेन्द्र झापा आउदै

चिन्तन खबर

पाँचथर । पूर्व राजा ज्ञानेन्द्र शाह आज दिउँसो झापा आउने भएका छन् । बिर्तामोडस्थित ई कम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न पूर्व राजा शाह झापा आउन लागेका हुन्।

पूर्व राजाको भ्रमण व्यवस्थापन गर्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन एकसाता देखि झापामै छन् । अध्यक्ष लिङदेन पूर्व राजाको कार्यक्रम व्यवस्थापन र तयारी गरिरहेको राप्रपा झापाबाट थाहा भएको छ।

पूर्व राजालाई धुलाबारी पूर्वको मेची रिसोर्टमा बस्ने व्यवस्था गरिएको छ । भोलि शनिबार धुलाबारीस्थित निन्दा खोलाको पुलबाट उनको स्वागतमा मोटर साईकल -याली गरिने भएको छ ।

पूर्व राजालाई ८ हजार मोटरसाइकले स्कर्टीङ गरेर धुलाबारीबाट बिर्तामोड पु(याउने कार्यक्रम रहेको राप्रपा झापाले जनाएको छ ।
पूर्व राजाले बिर्तामोडमा ४५ मिनेट पैदल हिँडेर सर्वसाधारणसँग भेट गर्ने छन् ।

मंसिर ६ गते नै झापा जाने कार्यक्रम भएपनि अस्पताल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो प्रदर्शकको कार्यक्रम नसकी हिँडिदिँदा अर्कै सन्देश जाने भनेर चिन्ता जनाएपछि पूर्व राजाको झापा यात्रा सारिएको थियो ।