Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
फाल्गुनन्दमा ५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई पुरस्कार « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

फाल्गुनन्दमा ५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई पुरस्कार

चिन्तन खबर

पाँचथर । धान उत्पादन बढाउन पाँचथरको फाल्गुनन्द गाउँपालिकाले ५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने कार्यक्रम ल्याएको छ ।
गाउँपालिकाले कृषकहरुलाई पुरस्कृत गर्न ‘धान उत्पादनमा उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८०’ ल्याएको छ । कार्यविधिअनुसार ५० मुरीदेखि १०० मुरीसम्म धान उत्पादन गर्ने कृषकले रु. ३० हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै १०० मुरीभन्दा बढी धान उत्पादन गर्ने कृषकले रु. ५० हजार पुरस्कार प्राप्त गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जानकारी दिनुभयो ।

गाउँपालिकाले विहीबार सार्वजनिक सूचना प्रकाशन गर्दै मापदण्डबमोजिम पुरस्कार प्राप्तिका लागि निवेदन दिन कृषकहरुमा आव्हान गरेको छ । एक साताभित्र आवेदन लिई मापदण्डबमोजिम छनौट भएका कृषकहरुलाई पुरस्कृत गरिने प्रमुख प्रशासकीय अधिकृत तुम्रोकले जानकारी दिनुभयो । आवेदन दिन कृषकहरुले वडा कार्यालयमा उपलब्ध ढाँचाबमोजिमको निवेदन, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र वडा कार्यालयको सिफारिस बुझाउनु पर्नेछ ।

हालैमात्र कार्यविधि कार्यान्वयनमा आएकाले यस वर्ष ५० मुरीभन्दा बढी धान फलाएका कृषकहरुको धान जहाँ राखिएको छ, सोही स्थानमा जाँच्ने गाउँपालिकाको तयारी छ । यसका लागि गाउँपालिकाको कृषि विकास शाखा, वडा कार्यालयमा वडाध्यक्ष नेतृत्वको समितिले काम गर्ने प्रमुख प्रशासकीय अधिकृत तुम्रोकले वताउनुभयो । “यो सालका लागि दाबी आएपछि धान उठाएर घर लगिएको भए घरैमा गएर भएपनि नाप्ने ब्यवस्था कार्यविधिमा गरेका छौं”, तुम्रोकले भन्नुभयो, “अर्का सालदेखि खलामै धान नापिन्छ ।”

कृषकले जसको जमिनमा भएपनि धान फलाए हुने ब्यवस्था गाउँपालिकाले गरेको छ । “जग्गा जसको भएपनि एकै परिवारले फलाएको प्रमाणित हुनुप¥यो”, प्रमुख प्रशासकीय अधिकृत तुम्रोकले भन्नुभयो । गाउँपालिकाले विशेषत आर्थिक रुपले विपन्न परिवारलाई लक्षित गरी यो कार्यक्रम ल्याइएको जनाएको छ । अधिँया, कुत आदिमा धान फलाउने कृषकहरुले आफू र जग्गा धनीका लागि छुट्ट्याउनु पर्ने धान ५० मुरीभन्दा बढी फलाएपनि पुरस्कार प्राप्त गर्न सक्नेछन् । “अधियाँ गरेपनि, कुतियाँ गरेपनि सबै जोड्दा ५० मुरी फलेको देखियो भने उत्पादन गर्ने कृषकले पुरस्कार पाउँछ, जग्गा धनीले होइन”, प्रमुख प्रशासकीय अधिकृत तुम्रोकले भन्नुभयो ।
अधिकांश विपन्न परिवारले धान मकै लगायत परम्परागत खाद्यवाली उत्पादनमा जोड दिइरहेका छन् । फाल्गुनन्दका सात वटै वडामा धान खेती हुने गर्दछ । यहाँ रहेको निबु खोलाले सबै वडाको तटीय क्षेत्रलाई सिंचित गर्ने गरेको छ । निबुको वेंशी नै जिल्लामा सबैभन्दा बढी धान उत्पादन हुने क्षेत्र पनि हो । तर वर्षेनि धान उत्पादन घट्दै जान थालेपछि फाल्गुनन्दले कृषकहरुलाई प्रोत्साहित गरी खेतीतर्फ आकर्षित गर्ने योजना ल्याएको हो । यसअघि पाँचथरको मिक्लाजुङ गाउँपालिकाले समेत ५० मुरीभन्दा बढी धान उत्पादन गर्ने कृषकलाई पुरस्कृत गर्ने कार्यक्रम सञ्चालन गरेको थियो ।