फिदिम । फिदिम नगरपालिका भित्रका विद्यार्थी र केही इच्छुकलाई ग्राफिक्स डिजाइन सम्बन्धि तालिम प्रदान गरिएको छ ।
पाँचथरको सदरमुकाममा रहेको फिदिममा माध्यमिक विद्यालयमा सम्पन्न भएको उक्त तालिममा ३० भन्दा बढी सहभागीलाई तालिम प्रदान गरिएको हो ।
फिदिम नगरपालिकाद्वारा सामुदायिक साझेदाररहेको उक्त कार्यक्रमको सहजिकरण माइक्रोसफ्ट लर्न स्टुडेन्ट एम्बेसडर पंकज अधिकारीले गर्नुभएको थियो ।
शुक्रबार भएको एक दिने कार्यशालामा पछिल्लो समय विश्व समुदायमा बढिरहेको ग्राफिक्स्को विषयमा सहभागिको रचनात्मक पोषण र भविष्यमा आत्मनिर्भर बन्न प्रेरणा दिने उदेश्यले उक्त तालिम प्रदान गरिएको प्रशिक्षक अधिकारीले जानकारी दिनुभयो ।
उक्त कार्यशालाले सहभागीहरूको सीपलाई उल्लेखनीय वृद्धि गर्न मद्दत पुगेको प्रशिक्षक अधिकारीको भनाई छ । विभिन्न फ्रीलान्सिङ र ग्राफिक्समासम्बन्धित अनलाइन उद्यमहरू मार्फत आत्मनिर्भर बन्न कार्यशालाले मद्दत पुगेको उहाँले बताउनुभयो ।
यो कार्यक्रमले डिजिटल क्षेत्रमा जीविकोपार्जन गर्ने सम्भावित मार्गहरू पनि उजागर गर्न विद्यार्थी र युवाहरुलाई सहयोगका लागि फिदिम नगरपालिका लागि पर्ने मेयर मित्र प्रसाद काफ्लेले बताउनुभयो ।
भविष्यमा पनि प्रविधि र रचनात्मकताको संसारमा अन्वेषण र उत्कृष्टता हासिल गर्न खोज्ने युवाहरुका लागि सहजिकरण गर्न आफु उत्सुक रहेको अधिकारीको भनाई छ ।
प्रतिक्रिया