Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
कोशी प्रदेशः पहिचानवादीले आन्दोलनको स्वरुप फेर्ने, सरकारसँग ५ बुँदे सहमति « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

कोशी प्रदेशः पहिचानवादीले आन्दोलनको स्वरुप फेर्ने, सरकारसँग ५ बुँदे सहमति

चिन्तन खबर

विराटनगर । कोशी प्रदेशको नामाकरणका विरुद्धमा आन्दोलन गर्दै आएका पहिचान पक्षधरले आन्दोलनको स्वरुप परिवर्तन गर्ने भएका छन् । आज कोशी प्रदेश सरकार र पहिचान पक्षधरसँग भएको बार्तामा ५ बुँदे सहमति गर्दै आन्दोलनको स्वरुप परिवर्तन गर्ने भएका हुन् ।

सरकारद्वारा गठित वार्ता समिति र पहिचान पक्षधर संयुक्त संघर्ष समितिबीच आज सहमति जुटेको हो ।

पहिलो बुँदा पुन नामकरण सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउन सरकार एवं आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडि बढाउने उल्लेख छ ।

दोस्रोमा आन्दोलनरत पक्षले आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तिपूर्ण राजनीतिक गतिविधि अगाडि बढाउने र सरकारको तर्फबाट कुनै पनि प्रकारको बल प्रयोग नगर्ने भनिएको छ ।

यसैगरी, आन्दोलनका क्रममा भएका घाइतेहरुको उपचार तथा मृतकका परिवारलाई क्षतिपूर्ण व्यवस्था गर्न प्रदेश सरकार तयार भएको छ । चौंथो बुँदामा पहिचानको आन्दोलनका क्रममा कारागारमा रहेकाहरुको रिहाई र मुद्दा लागेका व्यक्तिहरुको मुद्दा फिर्ता प्रक्रिया प्रदेश सरकारले अगाडि बढाउने उल्लेख छ ।

अर्को वार्ता मिति दुवै पक्षका वार्ता समिति संयोजकहरुले आपसमा समन्वय गरी फागुन १० गतेभन्दा अगाडि बस्ने गरी समय र स्थान निर्धारण गर्ने भएका छन् ।

वार्ता समितिको तर्फबाट सांसदहर कमल प्रसाद जबेगु, गणेश प्रसाद उप्रेति र प्रदेश सचिव लक्ष्मीप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् । वार्ता समितिको तर्फबाट डकेन्द्र सिंह थेगिम, गाविन्द्र बहादुर आङबुहाङ, युवराज राई र दिवस राईको हस्ताक्षर छ ।