पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जसले सामाजिक क्षेत्रमा साठी लाख खर्चिए


यासोक–पाँचथरको कुम्मायक गाउँपालिका–२ माङजाबुङ घर भई हाल दक्षिण कोरियामा कार्यरत समाजसेवी गजेन्द्र सेर्मा अहिले नेपाल आउनु भएको छ । पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको संस्था प्रदेशमा दर्ता गर्ने उदेश्यले उहाँ नेपाल आउनु भएको हो । विगत बाह्र वर्षदेखि निरन्तर समाजसेवामा लाग्नु भएका सेर्माले यो अवधिमा ६० लाख भन्दा धेरै खर्चिनु भएको छ । उहाँले समाजसेवाको माध्यमबाट कुम्मायक गाउँपालिकाबासी साथै आम नागरिकलाई गरेको सहयोगका कारण पनि उहाँ प्रति धेरैको सद्धभाव र सहानुभू देखिएको छ । त्यसमा पनि सेर्माले कोभिडको समयमा भने महत्वपूर्ण सहयोग गर्नुभएको थियो ।

सेर्मालाई किन सम्झिन्छन् कुम्मायकवासी

कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको महामारीको कारण गाउँमा बिरामीको संख्या बढ्दै थियो । उपचारको लागि आश्यक पर्ने स्वास्थ्य सामाग्री अभाव थियो । देशै भर मृत्यु र सङ्क्रमित हुनेको संख्या बढ्दै गएका घट्ना सञ्चार माध्यममा आइरहन्थे । त्रास, भय र डरका कारण मानिस एक ठाउबाट अर्को ठाउँमा आवत जावत गर्न छोडिसकेका थिए । गाउँ छोडेर परदेशमा श्रम गर्दै बसेका युवाहरु परिवारको अवस्था बारे चिन्तित थिए । परिवारलाई सचेत गराउने बाहेक अरु कुनै उपाय थिएन ।

तर पाँचथरको कुम्मायक गाउँपालिका–२ घर भई दक्षिण कोरियामा श्रम गर्दै आएका गजेन्द्र शेर्मा संक्रमित नागरिकको सारथी बन्नु भएको थियो । परिवार र समुदायको अवस्थाबारे जानकारी पाउनु भएका उहाँले परदेशको दुःख भन्दा पनि गाउँको दुःख ठूलो ठान्नुभयो । त्यसपछि आफ्नो गाँस कटाएर गाउँमा बढ्दै गएको कोरोना महामारी रोक्न पहिलो चरणमा २ लाख १६ हजारको अक्सिजन सहितका स्वास्थ्य सामग्री पठाउनुभयो ।
उहाँले सो समयमा पठाएको स्वास्थ्य चौकी माङजाबुङलाई ४३ केजीको ६ वटा अक्सिजन सिलिन्डर, प्रत्येक घरमा ८ हजार ५ सय मास्क र ८ सय ५० थान सेनिटाइजर वितरण भयो । वडाका ८ सय १५ घरधुरीका ४ हजार जनसंख्यालाई उक्त स्वास्थ्य सामग्री बितरण गरिएको थियो ।
उहाँले आफ्नो वडामा मात्रै होइन् गाउँपालिका र छिमेकी फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकामा पनि थर्मलगन, मास्क र सेनिटाइजर जस्ता स्वास्थ्य सामग्री बितरण गर्नुभएको थियो । स्वास्थ्य क्षेत्रमा मात्रै पटक—पटक गरी ८ लाख रुपैयाँ व्यक्तिगत खर्च गरे । त्यो निस्वार्थ उहाँको समाज सेवा थियो ।

सेर्मा त्यतिमा मात्रै रोकिनु भएन, गाउँघरको माया र आशिर्वादबाट प्रभावित हुदैँ प्राकृतिक प्रकोपमा परेका गाउँबासी र प्राविधिक शिक्षाबाट बञ्चित नागरिकको लागि पनि निरन्तर सहयोग जारी राख्नुभयोे । गाउँका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन उहाँले कुम्मायक–२ को शिद्ध सरस्वती मा.बि.लाई ३ लाख ५० हजार मुल्यको १४ थान कम्प्युटर निःशुल्क प्रदान गर्नुभयो ।

त्यस्तै वडामा सञ्चालित बिभिन्न खेलकुद क्षेत्रमा पनि उहाँले व्यक्तिगत सहयोग गर्नुभएको छ । खेलकुद क्षेत्रबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले उहाँले पहिलो र दोस्रो पुरस्कार प्रायोजन गर्ने जस्ता काम गर्दै आएका छ । त्यस्तै प्राकृतिक प्रकोप पीडित, रोगी, बिरामी अपाङ्ग र विपन्न सामुदायका नागरिकलाई निरन्तर सहयोग गर्दै आउनु भएका उहाँले १२ वर्षको अवधिमा मात्रै ६० लाख रुपैयाँ भन्दा बढि खर्च गरेको बताउनुहुन्छ । योे सेर्माको आगामी योजना रहेको छ ।